जबर्जस्ती करणीको आरोपमा इन्सपेक्टरसहित दुई प्रहरी निलम्वित

balatkar

  काठमाडौं । जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । सङ्खुवासभाको इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् ।

उनीहरुमाथि १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप छ । प्रहरी सहायक निरीक्षक खतिवडालाई जिल्ला अदालतबाट तारेखमा छाडिएको र प्रहरी जवान शेर्पा हिरासतमा नै रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

Comments

Top