कांग्रेस र राजपाद्धारा प्रदेश सभा बैठकमा अवरोध

sansad 7

 काठमाडौं । नेपाली कांग्रेस र राजपाका सांसद्ले प्रदेश नम्बर सातको प्रदेश सभा बैठकमा अवरोध गरेका छन्। संसद्ले राजधानीको स्थान र नाम तोक्नका लागि गठन गरेको विशेष सुझाव समितिले राजाधानीको नाम सुदूर पश्चिम र राजधानी गोदावरी–६ तेघरीनजिकको जंगलमा राख्न सिफारिस गरेकोमा असन्तुष्टि जनाउँदै कांग्रेस र राजपाका सांसद्हरुले बैठक अवरुद्ध बनाएका हुन् ।

सभामुख अर्जुन थापाले प्रदेश सभा बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले उठेर नारावाजी गरेका थिए । सभामुखले पटक–पटक बस्न आग्रह गर्दा पनि कांग्रेस र राजपाले अवरोध जारी नै राखे ।

अबरोधकाबीच सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावललाई धारणा राख्ने समय दिएका थिए। रावले संसद्ले राजधानीको स्थान र नाम तोक्नका लागि गठन गरेको विशेष सुझाव समितिलेको सिफारिस अस्विकार्य रहेको धारणा राखेका थिए। उनले असमति जनाउने वित्तिकै कांग्रेस र राजपाका सांसदहरुले रोस्टम अगाडि नै गएर नाराबाजी गरेका थिए।

‘विधि पद्धति कायम गर, जनताको भावनाको कदर गर’ भन्दै उनीहरु विरोधमा उत्रिएपछि आजै दिउँसो एक बजेसम्मका लागि बैठक स्थगित गरिएको छ। प्रदेश राजधानीबारे सर्वपक्षीय, सार्वदलीय छलफलहरु गराएर सुझाव दिनुपर्ने कांग्रेसको माग छ । ‘प्रदेश राजधानी कहाँ भन्ने तपशीलको विषय हो’ कर्णले भने, निर्णय प्रक्रियामा आपत्ति हो । सकिन्छ भने प्रदेशसभाका ३६ वटै, नभए संघीय संसदको १६ वटा र यो पनि नभए ९ जिल्लाको सदरमुकाममा पुगेर सुझाव संकलन गर्नुपर्छ ।’

Comments

Top