प्रश्नपत्र आउट गरेको आरोपमा अनेरास्ववियुका दुई नेता पक्राउ

cibnepal

 काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिएससी–सिएसआइटी विषयको प्रवेश परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले अनेरास्ववियुका दुई नेतालाई पक्राउ गरेको छ  । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को विशेष टोलीले लैनचौरस्थित अमृत साइन्स क्याम्पसका अनेरास्ववियुका नेता कमलराज जोशी र प्रवीण अधिकारीलाई पक्राउ गरेको हो ।

 विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर प्रश्नपत्र आउट गरेका उनीहरूले पैसा दिने विद्यार्थीलाई पश्नपत्र उपलब्ध गराएका थिए । सिआइबीका अनुसार उनीहरूले मोबाइलमार्फत प्रश्नको फोटो खिचेर सीमित विद्यार्थीलाई पठाएका थिए ।

 प्रश्नपत्र आउट प्रकरणमा मुछिएका अस्कल र महेन्द्ररत्न क्याम्पस ताहचलका केही विद्यार्थी नेता फरार छन् ।

Comments

Top