निर्मला हत्या प्रकरण : डिएनए परिक्षणबारे प्रहरीको स्पष्टोक्ति

nepal police

  काठमाडौं । नेपाल प्रहरीले कञ्चनपुरमा हत्या भएकी १३ वर्षीय बालिका निर्मला पन्तको डिएनए परीक्षणबारे विभिन्न टिका टिप्पणी बाहिर आएपछि प्रेस विज्ञप्ति जारी गरेर स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यमहरुमा हत्यामा आरोप लागेकाहरुको डिएनए परिक्षण प्रहरीकै प्रयोगशालामा मात्रै भएको भन्दै समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले त्यसको खण्डन गर्दै प्रष्ट पारेको हो ।

प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–‘निर्मला बलात्कार–हत्या प्रकरणमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्ट, उनका छोरा किरणराज विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टबाट संकलित डिएनए नमूना नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा समेत परीक्षण गरिएको छ ।’

police press release

निर्मलाको योनीबाट संकलन गरिएको ‘भेजिनल स्वाब’ को डिएनए र तीन जनाको डिएनए परीक्षणपछि म्याच गरिएको थियो। म्याच गर्दा तीनै जनाको डिएनए निर्मलाको भेजिनल स्वाबको डिएनएसित नमिलेको यस अघि नै सार्वजनिक भएको थियो ।

Comments

Top