माछापुच्छ्रे बैंक र एनबीआईबीच सम्झौता

machhapuchree

  काठमाडौं । माछापुच्छ्रे बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच सम्झौता भएको छ । आगामी एक वर्षको लागि तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी भएको सम्झौता अनुसार एनबीआईले माछापुच्छ्रे बैंकका कर्मचारीको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनबीआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले हस्ताक्षर गरेका छन् । बैंकमा हाल ९९५ कर्मचारी रहेका छन् ।

बैकले ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैकिङ सेवासमेत गरी जम्मा ११७ स्थानवाट सेवा उपलब्ध गराउँदै आएको छ। बैंकको देशभर ९९ वटा एटिएम छन्।

Comments

Top