विचाराधिन मुद्दामा किन बोलिन नविना ?

nabina

  काठमाडौं । पछिल्लो समय बढ्दै गएको हत्या हिंसाप्रति नेपाल प्रहरीले संवेदनशिल भएर काम गरिरहेको बेला प्रहिरीमाथि नै चौतर्फि दबाब पर्न थालेको छ । सर्वेन्द्र खनाल प्रहरी प्रमुख भएसँगै संगठनको अवस्थामा समेत सुधार आईरहेको छ । तर, सरकारमै रहेको दल नेकपाकी सांसद एवम अखिलकी अध्यक्ष नविना लामाले आज गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनाललाई बर्खास्त गर्न माग गरेसँगै प्रहरी संगठनलाई नै विवादमा तान्न खोजिएको देखिएको छ ।

सत्तारुढ दलका दुई भातृ संगठन अखिल र अखिल क्रान्तिकारीले जनताको जिउधनको सुरक्षामा सिंगो सरचनालाई प्रभावकारी बनाउन असक्षम भएको भन्दै प्रहरी प्रमुखलाई नै बर्खास्त गर्नुपर्ने उल्लेख गरेको छ । तर, खनाल प्रहरी प्रमुख बनेसँगै संगठनभित्र भए गरेका कामलाई भने बेवास्था गरिएको छ ।

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको आरोप नेपाल प्रहरीमाथि लाग्दै आएको छ । तर, पन्त बलात्कार–हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईवी), एआईजी धिरु बस्नेतको नेतृत्वमा बनेको छानविन समिति तथा विशेष ब्यूरोले आ–आफ्नै तरिकाले अनुसन्धान गरिरहेको अहिलेको अवस्थामा सांसद लामाले सोही कारण देखाउँदै आईजीपी बर्खास्तीको माग गर्नु उचित होला ?

केही दिन अघि मात्रै स्वयम् गृहमन्त्री रामबहादु थापा ‘बादल’ले ९५ प्रतिशत बलात्कारका मुद्दाहरुमा प्रहरी सफल भएको बताएका थिए । हुन पनि नेपाल प्रहरी पेप्सीकोलाका निशाख खड्काको अपरहण देखि पोखराकी श्रेया सुनुवार बलात्कारपछि हत्या भएको प्रकरणमा सफल भएको थियो । केही बद्नाम प्रहरीका कारण सिंगो संगठनलाई नै विवादमा तान्नु उचित नहुने बताउँछन् एक पूर्व एआईजी ।

केही समय अघि काभ्रेका गुण्डा नाइके सत्यमान लामालाई छुटाउन महानगरीय अपराध महाशाखा पुगेकी सांसद लामालाई महाशाखा प्रमुख धिरजप्रताप सिंहले छोड्न नमिल्ने भन्दै फर्काएका थिए । सोही रिस साँध्न सांसद लामाले आईजीपीलाई नै बर्खास्तको माग गर्नु उचित नहुने ति एआईजीको तर्क छ । यदि यस्ता क्रियाकलाप जारी रहने हो भने त्यसले प्रहरी संगठनमा नै नकारात्मक असर पर्ने पनि उनले बताए ।

Comments

Top