गुण्डा नाइके सत्यमानका कारण सरकारकै बद्ननाम गराइन नबिनाले

nabinaa

 काठमाडौं । काठमाडौं उपत्यकामा हुने गरेका शृंखलाबद्ध अपराधका घटनामा संलग्न सत्यमान लामालाई महानगरीय परिसर काठमाडौंले पक्राउ गरेपछि उनलाई छुटाउन सांसद नवीना लामा परिसर पुगेकी थिइन्। परिसरका तत्कालीन प्रमुख एसएसपी विश्वराज पोखरेलले सत्यमानलाई जिल्ला प्रशासन कार्यालयमा पठाएपछि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी केदारप्रसाद शर्माले सांसद लामाकै जिम्मा लगाएर सत्यमानलाई छाडिदिएका थिए। विगतमा रक्तचन्दन तस्करी संलग्न सत्यमान पछिल्लो समय बुद्धचित्तको अवैध कारोबार र गुण्डागर्दीमा संलग्न थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट छुटेपछि सत्यमानलाई महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले अवैध डलर कारोबार आरोपमा पक्राउ गरे। सत्यमान पक्राउ परेपछि नवीनाले आइजिपी खनाललाई फोन गरेर छोडिदिन आग्रह गरेकी थिइन्। तर महाशाखाले नै सत्यमानलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि समय लिएपछि उनी आइजिपी खनालसँग रिसाएकी थिइन। सत्यमान १७ दिनको प्रहरी हिरासतपछि जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका थिए।

सत्यमानले काठमाडौं महाराजगन्ज चुनदेवी क्षेत्रमा हप्ता असुली गर्ने, गुण्डागर्दी गर्ने, म्यानपावरका सञ्चालकलाई धम्क्याउने कार्यमा संलग्न रहँदै आएको प्रहरीको आरोप छ। त्यस्तै उनीमाथि काभ्रेका ग्रामीण बस्तीमा बुद्धचित्तको रूख कब्जा गर्ने र नदिनेहरूलाई मार्ने धम्की दिने गरेको आरोप छ। अखिल अध्यक्ष लामाले विगतदेखि नै सत्यमानको संंरक्षण गर्दै आएकी छन् भने अहिले अर्का विद्यार्थी नेता रन्जित तामाङसमेत त्यसमा सहभागी भएका छन्। (नागरिक )

Comments

Top