तेक्वान्डो खेलाडीको बिदाई

Nakul

ललितपुर

सिङ्गापुरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रित तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउने खेलाडीको बिदाई गरिएको छ । प्रतियोगितामा नेपालको तर्फ बाट सहभागिता जनाउन लागेका चाङ्गाथली आ.टि.एफ. तेक्वान्डो डोजाङका खेलाडी समिर बस्नेतलाई महालक्ष्मी न. पा वडा न.७ले आज शुभकामना एंब बिदाई कार्यक्रम आयोजना गरि बिदाई गरेको हो । स्थानिय खेलप्रेमि र वडाका जनप्रतिनिधिहरुको उपस्थितिमा भएको शुभकामना कार्यक्रममा बोल्दै महालक्ष्मी न.पा वडा -७ का अध्यक्ष नकुल थापाले समिर बस्नेत अत्यन्तै कर्मशील र राष्ट्रिय प्रतिस्पर्धाका खेलहरुमा समेत स्वोर्ण पदक हात पार्न सफल भईसकेको हुनाले सिङ्गापुरमा पनि उत्कृष्ठ प्रर्दशन गर्ने कुरामा आफु आशाबादि रहेका बताए ।

Comments

Top