पप्पु कन्स्ट्रक्सन विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

Harinarayan-Prasad-Rauniyar-810-300x176
काठमाडौं ।
सडक आयोजनामा राजनीतिको सहारा लिएर हालीमुहाली र रजगज गर्दै आएको पप्पु कन्स्ट्रक्सन विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगल भ्रष्टाचार मुद्दा दायर गरेको छ । बबई पुल बनाउँदा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदादिख नै बांगो देखिएको,उद्घाटन नहुँदै भत्किएको र बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा पनि गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा कन्स्ट्रक्सन कम्पनीका तात्कालिन अध्यक्ष सांसद हरिनारायण रौनियार ,उनका छोरा हालका कम्पनीका अध्यक्ष सुमित रौनियार सहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

गत वर्ष भएको प्रतिनिधिसभाको निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल पर्साबाट निर्वाचित भएर सांसद  समेत रहेका पप्पु कन्सट्रक्सनको अध्यक्ष रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको छ । अख्तियारले पप्पु कन्स्ट्रक्सनको हालका अध्यक्ष सुमितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी सांसद हरिनारायण रौनियारको छोरा हुन् । उनीसँग पनि १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो दावी गरिएको छ ।

अख्तियारले सांसद हरिनारायण रौनियार, कन्स्ट्रक्सनको हालका अध्यक्ष सुमितसंगै डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालिन डिभिजन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ  र राजेशकुमार तथा एभरेष्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालिन डिभिजन प्रमुख जोशीसँग १ करोड ९७ लाख, १३ हजार ४ सय ३७, श्रेष्ठसँग ९ करोड २४ लाख २४ हजार ९९, यादवसँग ३ करोड १४ लाख १८ हजार ९ सय ७ र एभरेष्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर यादवसँग १ लाख ४१ हजार २ सय ५० रुपैयाँ विगो माग गरिएको छ ।भ्रष्टाचार मुद्दा लागेका तत्कालिन डिभिजन प्रमुखहरु हाल सरकारी सेवामा नै रहेका छन् । भानु जोशी डिभिजन सडक कार्यायल दमौलीका प्रमुख, मनोज श्रेष्ठ प्रदेश ५ का सचिव रहेका विशेष अदालतका प्रवक्ता नगेन्द्र केशरी पोखरेलले जानकारी दिए ।

राजनीतिक शक्तिको छायाँमा पप्पु कन्स्ट्रक्सनले आफ्नो कामलाई लापरवाह ढंगले अगाडि बढाउदै आएको थियो ।

Comments

Top