प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट दर्ज्यानी चिन्ह प्रदान

IGP-Khanal
काठमाडौं
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायव उपरीक्षकमा पदोन्नति भएका मिठ्ठाराम दाहाल र रामेश्वरप्रसाद चापागाईलाई शुक्रबार दर्ज्यानी चिन्हद्वारा प्रदान गरेका छन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको गत भदौ २१ गतेको निर्णयअनुसार असोज १५ गतेदेखि लागू हुनेगरी प्रहरी नियमावली,२०७१ बमोजिम उहाँहरुलाई प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षकमा पदोन्नति गरिएको हो ।
वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

Comments

Top