प्रहरीमा आन्तरिक शुद्धीकरण शुरु : अाईजीपी खनाल

igpkhanal

काठमाडौं। प्रहरी महानिरीक्षक (अाईजीपी ) सर्वेन्द्र खनालले प्रहरीमा   संगठनमा आन्तरिक शुद्धीकरण शुरु भएको उल्लेख गरेका छन् । आइतबार प्रहरी दिवसको अवसरमा आयोजित 'प्रहरी दिवस रनिङ पुरुष भलिबल प्रतियोगिता'मा बोल्दै अाईजीपी खनालले संगठनका केही कीरा र धमिरालाई फाल्न लागिपरेको वताए ।

 अाईजीपी खनालले संगठनलाई लान्छित हुने अवस्था हुन नदिने वताए । आफुले प्रहरी  संगठनलाई  व्यावसायिक प्रहरी संगठनको रूपमा स्थापित गराउन लागेको हुँदा साथ दिन सबैलाई आग्रह गरे खनालले संगठनभित्रको एक प्रहरीको कारण पुरै संगठनको बदनामी हुने भएकाले सबै प्रहरीलाई इमानदार भएर काम गर्ने निर्देशन दिए।  गलत काम गर्ने प्रहरीलाई कारबाही गर्ने चेतावनी समेत दिए। नागरिक र सरकारको प्रहरीसँग विश्वास भएकाले नागरिकमैत्री भएर काम गर्नसमेत खनालले निर्देशन दिए। 

Comments

Top