डा सिके राउत पक्राउ

dr-ck-raut-pr-small
काठमाडौं ।
स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा सिके राउत पक्राउ परेका छन् । राष्ट्रिय अखण्डता विरोधी गतिविधिमा संलग्न रहदै आएका राउतलाई जिल्ला प्रहरी कार्यालय, रौतहटले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले माईन्युज नेपाललाई जानकारी दिए । 
देश टुक्राउनुपर्छ भन्ने अभिब्यक्ती दिदै प्रशिक्षण कार्यक्रम गर्ने डा सिके राउत माथि गृह मन्त्रालयले निगरानी राख्दै आएको थियो। पछिल्लो समय उनले कार्यकर्ता प्रशिक्षणमा सशस्त्र विद्रोहको एजेन्डालाई प्राथमिकता दिँदै आएका थिए । ढकालका अनुसार राउतलाई राज्य विप्लवविरुद्धको कसुरमा आइतबार साढे ४ बजे गौरबाट उनका २ जना कार्यकर्ता सहित  पक्राउ  गरिएको हो ।

 

Comments

Top