गौचन हत्याका नाइके समिरमानको योजना पुरा भएन, पुन: मुस्ताङ लैजाने तयारी

samirman

 काठमाडौं । सर्वोच्च अदालतले निर्माण व्यबसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका नाइके समिरमान सिंह बस्नेतको रिहाइ गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षीकरण मुद्दा खारेज गरेसँगै उनलाई पुन: मुस्ताङ लगिने भएको छ ।
नख्खु कारागार भित्र संकास्पद गतिबिधि गरेपछि केन्द्रिय कारागार बिभागले गुण्डा नाइके बस्नेतलाई मुस्ताङ कारागारमा सरुवा गरेको थियो । त्यसको बिरुद्द समिरमाका दाजु सुविरमानले गत असोज १६ गते कारागार कार्यालय नख्खु ललितपुर र गृह मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गराएका थिए ।न्यायाधीशद्धय शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलाशले सोमवार उक्त निर्णय गरेको हो । सर्वोच्चको उक्त आदेशपछि बस्नेत थुनामै रहने भएका छन् ।

सर्वोच्चले गुण्डा नाइके समीरमानको रिहाइ गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षिकरण मुद्दा खारेज गरेको छ ।

यसअघि ललितपुरस्थित नख्खु कारागारबाट मुस्ताङ कारागार पठाइएका बस्नेतलाई बन्दी प्रत्यक्षिकरण मुद्दाका लागि सर्वोच्च ल्याउन आदेश दिइएको थियो । अदालतको आदेशपछि मुस्ताङबाट सर्वोच्च झिकाइएका बस्नेतको बन्दी प्रत्यक्षिकरणको रिट खारेज भएको हो । समिरमानले केही काँग्रेसी नेताको आडमा आफुलाई इन्काउन्टर गर्न मुस्ताङ लगिएको भन्दै श्रीमती र दाजुमार्फत  मिडियामा प्रचारबाजी गराएका थिए ।  समिरमानले जेल भित्रैबाट हाइ प्रोफाइल ब्यापारीसँग फिरौती मागिरहेको र केहीको हत्या योजना बनाएको पता लागेपछि गृह मन्त्रालयको सिफारिसमा कारागार बिभागले उनाली मुस्ताङ सरुवा गरेको स्रोतले वतायो ।  गौचन हत्यामा संलग्न समिरमानका सुटर सहयोगीहरु लोप्साङ राइ, अंम्वर राना, रोशन बुढाथोकीलगायत अझै फरार छन्  ।    

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले गौचन हत्याका नाइके समीरमानलाई भारतबाट पक्राउ गरी गत मंसिर १७ गते सार्वजनिक गरेको थियो ।

Comments

Top