काठमाडौँ क्षेत्र नं ७ मा बामदेवसँग प्रदिपलाई भिडाउन कांग्रेसभित्र बहस

bamen

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बामदेव गौतमलाई सांसद बनाउन काठमाडौँ क्षेत्र नं ७ खाली गरेपछि नेपाली काँग्रेसभित्र युवा नेतालाई टिकट दिनुपर्ने बहस सुरु भएको छ ।

  बनस्थलीदेखि तारकेश्वरसम्म रहेको क्षेत्रमा गौतमलाई खाली गरेपछि काँग्रेसभित्र युवा नेता प्रदीप पौडेललाई निर्वाचन लडाउनका लागि बहस सुरु भएको हो । युवा नेता गगनकुमार थापा काठमाडौँ ४ र विश्वप्रकाश शर्मा झापाबाट निर्वाचन लडिसकेका छन् भने पौडेल प्रदेश सभाको निर्वाचनमा तनहुँबाछ ४ मतले पराजित भएका थिए ।

सिद्धार्थ बनस्थलीबाट नेपाल विद्यार्थी संघको राजनीतिक सुरु गरेका पौडेल काठमाडौँ ७ मा परिचित युवा नेताका रुपमा चिनिन्छन् । लामो समय बानियाटारमा बस्दै आएका पौडेल त्यस क्षेत्रका परिचित नेताका रुपमा रहेका छन् ।

युवा नेताले निर्वाचन जित्ने सम्भावना भएको भन्दै काँग्रेसभित्र पौडेललाई निर्वाचन लडाउनेबारे छलफल भएको हो ।

Comments

Top