पाँच लाख घुस लिँदा लिँदै सह-न्यायाधीवक्ता अख्तियारको कब्जामा

 ciaan_1

 पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश ४ का सह-न्यायाधीवक्ता सुरेन्द्र बहादुर थापालाई पाँच लाख घुस रकमसहित रंगेहात पक्राउ गरेको छ  ।

 सरकारी वकिलको कार्यालयमा कपिलवस्तुका रामकुमार टण्डनसँग पाँच लाख घुस लिँदै गर्दा उनलाई बुधबार बिहान साढे आठ बजेतिर अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।   ठगी मुद्दामा  सर्वोच्च अदालतसम्म नपुर्‍याइदिने सर्तमा उनले सेवाग्राहीबाट घुस लिएकाले पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए ।  थापामाथि थप अनुसन्धान सुरु गरिएको छ ।

Comments

Top