काम नपाएपछि ट्वाइलेट उद्घाटन गरेर दिन कटाउन थाले मुख्यमन्त्री

toilet

 बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आजकाल ट्वाइलेट उद्घाटन गरे दिन कटाउन थालेका छन् । पूर्वएमालेका तर्फबाट दाङ जिल्लाबाट प्रदेश सभामा प्रतिनित्व गर्ने पोखरेलले लुम्बिनीको मायादेवी मन्दिर नजिकै ई–ट्वाइलेट उद्घाटन गरेका छन् । मुख्यमन्त्री पोखरेलले ट्वाइलेट उद्घाटन गरेपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले एउटा ई–ट्वाइलेटलाई मुख्यमन्त्री पोखरेलमार्फत उद्घाटन गराएर विवादमा तानिएका छन् ।

मख्यमन्त्री पोखरेल पनि आफ्नो मर्यादा भुलेर ट्वाइलेट उद्घाटन गर्न गएको विषयलाई पूर्वएमालेका नेताहरूले मन पाराएका छैनन् । उनीहरूले सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलको आलोचना गरेका छन् ।

कामविहीन बनेका मुख्यमन्त्री पोखेलले रिवन काट्ने र उद्घाटनका कार्यक्रमका लागि आउने कुनै पनि अवसर गउमाउँदैनन् । पोखरेलको उद्घाटन मोह देखेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्र रमाइलो चर्चा हुन थालेको छ ।

उपाध्यक्ष त्रिपाठीको आग्रहपछि मुख्यमन्त्री पोखरेलले ट्वाइलेट उद्घाटन गर्ने इच्छा देखाएका थिए । यो ट्वाइलेटको खर्च कहाँबाट कसरी भएको हो अपारदर्शी रहेको आरोप छ ।

ट्वाइलेट उदघाटन कार्यक्रममा क्यानडा घर भएकी क्रिश्चियन महिला पनि सहभागी थिइन् । क्यानडा घर भएकी ती महिलालाई त्रिपाठीले आमा भनेर सम्बोधन गर्छन् ।

ई–ट्वाइलेटमा पैसा तिरेपछि दिशा , पिसाव गर्न पाइनेछ । ई–ट्वाइलेट कहाँबाट कसले खरिद गरेको हो केही बताइएको छैन ।

Comments

Top