रसियाका कृषि फर्ममा कामदारहरू पठाउने भन्दै ठगि गर्ने गिरोह सिआईबीको फन्दामा

cib

 काठमाडौं। रसिया स्थित गाजेस्थानमा रहेको अर्गानिक कृषि फर्ममा कामदारहरू पठाउने नाममा ठगि गर्ने गिरोह प्रहरी फन्दामा परेको छ ।

 केन्द्रिय अनुसन्धान (व्युरो ) सिआईबीको टोलीले प्रतिदिन १० घण्टा काम गरे बापत मासिक तलब एक हजार अमेरिकी डलर पाउने भन्दै प्रति व्यक्ति ८ लाख ५० हजार रुपैया लाग्छ भनी ठूलो संख्यामा गाँउका सोझा सिधा व्यक्तिहरूवाट एड्भान्स बापत प्रति व्यक्ति १ लाख रूपैयादेखि २ लाख रूपैया र राहदानी समेत संकलन गरी ठगी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

 सिआईबीको टोलीले ४०/४५ जना व्यक्तिहरुसँग रकम र राहदानी संकलन गरेर ठगि गरेको सुचनाका आधारमा असोज १६ गते काठमाडौंका बिभिन्न स्थानहरुबाट नेपाली राहदानी-थान-७४, नगद ४ लाख ३० हजार, विभिन्न वैक भौचरहरू तथा एटिएम कार्डहरू सहित नुवाकोटका राजु तामाङ , ललितपुरका ज्ञान गोविन्द वैध र सिन्धुपाल्चोकका  जगत बहादुर श्रेष्ठलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान गरेको जनाएको छ ।

 

सिआईबीको अनुसन्धानबाट खुलेका कुराहरू
 -विगत २ वर्षदेखि रसियामा बस्दै आएको राजु तामाङले MEDINA नामको कृषि फर्म मेरो हो, काम गर्न इच्छुक व्यक्तिहरूको सम्पुर्ण व्यवस्था मैले मिलाउने हो भनी विश्वास दिलाउने गरेको ।
-MEDINA नामको कृषि फर्म रसियन नागरिकको नाममा रहेको खुल्न आएको तर उक्त कृषि फर्मको नामबाट विभिन्न पदमा ८३ जनाको नक्कली Demand letter तयार गरी देखाई झुक्याइ भ्रममा पारी        रकम उठाउने गरेको ।

 - निजहरूले सिन्धुपाल्चोक, चितवन, झापा, पर्सा लगायतका जिल्लाका नेवार, तामाङ, चौधरी थरका कम लेखपढ भएका व्यक्तिहरू छनौट गर्ने गरेको पाईएको ।

- विश्वास दिलाउनका लागि निज प्रतिवादीहरूले काठमाण्डौंमा रहेका विभिन्न मेडिकल सेन्टरहरुमा पीडितहरूको शारिरीक परीक्षण समेत गर्न लगाएको ।
- ठुलो संख्यामा रसिया जाने व्यक्तिहरु ल्याएमा ल्याउने व्यक्तिलाई विना रकम रसिया लगिदिने भन्ने आश्वासन दिने गरेको ।
- बिदेश पठाउनका लागि निजहरूको कुनै कार्यालय नभएको र व्यक्तिगत रूपमा पठाउने भनी पीडितहरूलाई आश्वासन दिने गरेको ।
- हाल सम्म ३९ जना पीडितहरुवाट ४५ लाख ११ हजार भन्दा बढी रकम उठाई ठगी गरेको जाहेरी दरखास्त प्राप्त भएको र थप जाहेरी आउने क्रम जारी रहेको ।

 

Comments

Top