मायामा भुलेर भविष्यलाई ब्रेक लगाउँदिन : अस्मिता

asmita tamang

  मोडलिङमा भरखरै प्रवेश गरेकी अस्मिता तामाङ कक्षा १२ मा अध्ययन गर्दै छिन् । काठमाडौंको कलंकी निवासी अस्मिताले फिल्म वा म्युजिक भिडियो खेलेकी छैनन् । तर, उनले ¥याम्पहरूमा आफ्नो जादु देखाउन शुरु गरिसकेकी छिन् । स्टेज कार्यक्रम र सानातिना र्याम्पहरूमा अस्मिताको कला देख्न सकिन्छ । टिनेजर अस्मितालाई सानैदेखि कला क्षेत्रमा लाग्ने रहर थियो । त्यो रहर पूरा गर्न उनले मोडलिङबाट कलामा प्रवेश गरेकी छिन् ।

नाच्न अस्मितालाई मन पर्छ । भन्छिन्, ‘नाच्न राम्रो जानेकी छु ।’ र्याम्प र स्टेज कार्यक्रमहरूमा दमदार प्रस्तुति दिएकी अस्मिताले मोडलिङमा लय छोप्न थालिसकेकी छिन् । उनलाई फिल्म र म्युजिक भिडियोहरूमा अफर आउन थालिसकेको छ । अस्मिताले ती प्रस्तावहरूलाई अहिले स्वीकार गरेकी छैनन् ।

asmita tt

‘परीक्षा चलिरहेकाले फिल्म र म्युजिक भिडियोमा आएका अफरहरू स्वीकार गरेको छैन’, अस्मिताले भनिन्–‘पढाइ सकिनेवित्तिकै फिल्म र म्युजिक भिडियो खेल्ने योजना बनाएकी छु ।’ हतारमा काम गर्दा बिग्रिने उनको भनाई छ । कला र पढाइलाई सँगसँगै अगाडि बढाउँदा समस्या आउने उनले बताइन् । ‘पढाइलाई पहिलो स्थानमा राखेकी छु’, उनले भनिन्, ‘त्यसपछि अभिनयलाई अगाडि बढाउँछु ।’

टेलिफिल्म र सर्ट मूभिमा पनि उनको अभिनय हेर्न सकिन्छ । प्रारम्भमा खेलिएका ति सर्ट मूभि र टेलिफिल्मबाट अस्मिता सन्तुष्ट छैनन् । उनलाई ठूला ब्यानरका फिल्म खेल्ने इच्छा छ । त्यो इच्छा छिटै पूरा हुने अपेक्षा लिएकी छिन् । आफूलाई मन पराउनेहरूको कुनै कमी नरहेको अस्मिताले बताइन् । ‘मलाई धेरैले मन पराउनु भएको होला ।

कुन रुपमा उहाँहरूले मन पराउनु हुन्छ थाहा छैन’, अस्मिताले भनिन्, ‘मैले सबैको मायालाई शुभेच्छुकको रुपमा हेर्ने गरेकी छु ।’ तपाई आफूले माया गर्ने युवक को हो भनेर सोधिएको प्रश्नको जवाफमा अस्मिताले भनिन्, ‘त्यस्तो कोही पनि छैन । प्रस्ताव आउने गरेका छन् । स्वीकार गरेको छैन ।’

माया प्रेमका कुरा अहिले गर्ने भन्दा पनि आफ्नो करियरलाई ध्यान दिनुपर्ने उनको भनाइ छ । मायामा भुलेर आफ्नो भविष्यलाई अहिले नै ब्रेक लगाउने पक्षमा आफू नरहेको अस्मिताले सुनाइन् ।

Comments

Top