एनआईसी एशिया बैंकका दुई नयाँ शाखाहरु बाँकेमा

nicbanke

 काठमाडौं। एनआईसी एशिया बैंकले बाँकेको त्रिभुवनचोक र सम्झना चोकबाट दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

 शाखा कार्यालयहरु नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवन चोक शाखाको एनआइसी एशिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्याल तथा बैजनाथ गाउँपालिका वडा नं.६ स्थित सम्झना चोक शाखाको नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल राज खनालबाट बुधबार उद्घाटन गरिएको छ ।

   बैंकको मुलुकभर २६१ शाखा कार्यालयहरु, २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दैं आएको छ । बैंकको वासलातको आकार  १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब . १६४ अर्ब तथा कर्जा  १३८ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।

Comments

Top