शङ्खमूल पार्क महानगरपालिकालाई हस्तान्तरण 

काठमाडौ ।shanka

 गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्माण गरेको शङ्खमूल पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । सन् २०१४ मा सम्झौता भएको उक्त पार्क निर्माणको काम सन् २०१६ बाट सुरु भएको थियो । करीब तीन करोड लागतमा निर्माण सम्पन्न भएको पार्क गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलनको अबसर पारेर आज बिशेष कार्यक्रम गरि हस्तानतरण गरिएको हो ।

कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले बिश्वभरि छरिएर रहेका नेपाली मनहरुको सहयोगबाट निर्माण सम्पन्न भएको पार्क निर्माणमा सहयोग गर्ने सम्पुर्ण एनआरएन साथीहरुलाई धन्यबाद दिदै अहोरात्र खटिएर मुलुकमा एउटा ल्याण्डमार्क तयार गर्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका छन् । 

यही असोज २६, २७ र २८ हुन गइरहेको सम्मेलनमा विभिन्न देशका विज्ञले १६० वटा कार्यपत्र प्रस्तुत गर्ने र ८० जनाले टिप्पणी गर्ने बताईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा ३५० जना प्रतिनिधिको सहभागीता रहने छ । सम्मेलनमा पहिलो पटक विधान संशोधनको विषयलाई समेत प्रवेश गराइने छ । अहिले तीन उपाध्यक्ष रहेकोमा थपेर विषयगत रुपमा पाँच उपाध्यक्ष पु¥याउने र दुई वर्षे कार्यकाललाई तीन वर्षे बनाउने गरी विधान संशोधन प्रस्ताव लगिने छ । सो अवसरमा विधान संशोधनलगायत नीतिगत विषय, कृषि, जलविद्युत्, यातायात, वातावरण प्रदूषण नियन्त्रण, बाहिरबाट सिकेका ज्ञान, सीपको उपयोग र समस्याबारे छलफल तथा विभिन्न अन्वेषणमा सहभागी विज्ञ, लगानीकर्ता र नीति निर्माताबीचमा अन्तरक्रिया हुनेछ ।
विश्वका ७९ देशमा राष्ट्रिय समन्वय परिषद् रहेको एनआरएनएको करीब एक लाख नेपाली आबद्ध छन् । साठी लाखभन्दा बढी नेपाली विदेशमा रहेको अनुमान छ । उनीहरुले नेपालको आर्थिक समृद्धिमा टेवा पुर्याएका छन् । मेडीसिटी अस्पतालमा डा।उपेन्द्र महतोको लगानी छ भने अध्यक्ष भवन भट्टको धुलिखेल रिसोर्टमा लगानी छ । शेष घले पाँच तारे होटल तथा जीवा लामिछाने चारतारे होटल खोल्ने तयारीमा छन् । 
एनआरएनएले व्यक्तिगत रुपमा गैरआवासीय नेपालीको लगानीको अवस्थाबारे अहिले अध्ययन गर्न थालेको छ । सामूहिक लगानीका परियोजनासमेत अघि बढेको एनआरएनएले जनाएको छ । सामूहिक लगानीमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना निर्माणकै चरणमा छन् । अहिले रु १० अर्बको कोष स्थापना गरेर सरकार, एनआरएनए र सर्वसाधारणको संयुक्त लगानीमा विभिन्न परियोजना सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष भट्ट बताउँछन् । दिवसको अवसरमा गैरआवासी नेपालीले आज स्वयम्भूमा एक लाख बत्ती प्रज्वलन गरेका छन् । आजै बिहान पशुपतिमा पूजा गरी दिवसको औपचारिक शुरुवात गरिएको छ । 

Comments

Top