गोल्डेन माइक विजेता मिनराज आउट

min

  काठमाडौं । नेपाल आइडल सिजन २ बाट गोल्डेन माइक विजेता मीनराज पौडेल बाहिरिएका छन्। गोल्डेन माइक विजेता प्रतियोगिताबाट पहिलो पटक बाहिरिएका हुन्। अडिसनमा ‘गाइने दाजैको...’ गाएर गोल्डेन माइक जितेपछि उनी सिधै गाला राउन्डमा प्रवेश गरेका थिए। विहिबारको एपिसोडमा स्वर बसेका कारण गाउन नसकेका मीनराजलाई दर्शकले सबैभन्दा कम भोट दिए।

भोट कम हुँदा उनी बटम थ्रीमा परेका थिए । बटम थ्रीमा मीनराजसँगै अस्मिता धिकारी र कृषल कँडेल पपनि परे। तर, अन्तिममा पौडेल भने बाहिरिए । मीनराज बाहिरिएसँगै बाँकी रहेका नौ जनाबीच नेपाल आइडलका लागि प्रतिस्पर्धा हुनेछ।

अब प्रतियोगितामा गोल्डेन माइक जित्ने तीन प्रतियोगी पोखराका विक्रम बराल, झापाका सुमित पाठक र पोखराकी नीलिमा थापा मगर बाँकी रहेका छन्। त्यस्तै सुर्खेतका सुविन सिंह, कञ्चनपुरका रवि ओड, दोलखाका पवन गिरी, धादिङका कृशल कँडेल, झापाकी अस्मिता अधिकारी र बुटवलका अमित बराल प्रतिस्पर्धामा छन्। (फाइल तस्विर)

Comments

Top