प्रधानमन्त्रीज्यू, वृद्ध भत्ताको पाँच हजार कता पुग्यो ?

ramhari khatiwada

 काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारले निर्वाचनमा गरेको बाचा पूरा गर्न नसेको भन्दै आक्रोश व्यक्त गरेका छन् । ओलखढुंगामा शनिबार चम्पादेवी गाउँपालिकामा आयोजित कार्यक्रममा कांग्रेस नेता खतिवडाले सरकारले जनतालाई महँगीको मारमा पारेको भन्दै आपत्ति जनाएका हुन् ।

कार्यक्रममा बोल्दै नेता खतिवडाले भने–‘निर्वाचनका बेला वृद्धभत्ता पाँच हजार पु¥याउने कुरा कता गयो ? सबै झुठको कुरा गरेर जनतालाई धोका दिइएको छ । यो कम्युनिस्ट सरकारसँग जनताको भरोसा उठेको छ ।’

Comments

Top