घरमै बसेर एनआईसीमा खाता खोल्न सकिने, २०% को विशेष छुट

nic asia logo tagline r_w

   काठमाडौं । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकले “न्यू प्रिमियम समुन्नतिबचत खाता” सञ्चालनमा ल्याएको छ । घरमै बसेर विना झन्झट अनलाइनबाट खोल्न सकिने खातामा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०% को विशेष छुट दिने समेत बैंकले जनाएको छ ।

‘सोच बदलौं,एनआई सी एशिया बैंक नै रोजौँ’ भन्ने मुल नाराका साथ बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकसम्म पुगेर पनि लाइनमा बसीरहन पर्ने झण्झटिलो अवस्थालाई सुधार देश तथा विदेशमा रहेका ग्राहक महानुभावहरुलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न सहजता होस् भन्ने उद्देश्यले यो सुविधाबाट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

मुलुकभर २६१ शाखाकार्यालयहरु, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको एनआईसीको वासलातको आकार २०० अर्ब भन्दा बढि पुगेको छ । कुलनिक्षेप करिब१६४ अर्ब तथाकर्जा १३८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल यस बैंकको हालसम्म करिब १२ लाख १९ हजार ग्राहक संख्या रहेका छन् ।

Comments

Top