तीन एसपीको काज सरुवाः बारामा सानुराम भट्टराई

spsanuram

 काठमाडौं। प्रहरी प्रधान कार्यालयले तीन  एसपी र दुई डिएसपीको काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय, बारामा एसपी सानुराम भट्टराईलाई पठाइएको छ भने कपिलवस्तुमा अच्युत पुडासैनीलाई पठाइएको छ। बाराका एसपी मीरा चौधरी यूएन मिसनमा जाने भएपछि उनको ठाउँमा भट्टराईलाई पठाइएको हो ।

 कपिलवस्तुका एसपी मनोज यादवको प्रदेश ६ प्रहरी कार्यालय, सुर्खेतमा सरुवा भएको छ। एसपी भट्टराई यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा थिए। एसपी भट्टराई कमान्ड गर्ने खुबी भएका प्रहरी अफिसरको रुपमा चिनिन्छन्।

 भट्टराईसँग महानगरीय प्रहरी वृत्त महाराजगन्ज,कैलाली र सिन्धुलीमा जिल्ला प्रहरी प्रमुख भएर सफलतापुर्वक काम गरेको अनुभव छ। त्यस्तै, दुई डिएसपीको पनि काज सरुवा भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतको ३ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय मुग्लिङ र महानगरीय प्रहरी आयुक्तको कार्यालय (मेट्रो), रानीपोखरीका डिएसपी महेन्द्र श्रेष्ठको झापा सरुवा भएको छ।

Comments

Top