बढी भाडा लिने र मिटरमा हिंड्न नमान्ने ट्याक्सी चालकहरु कारवाहीमा

taxi

 काठमाडौँ । यात्रुसँग बढी भाडा लिने र मिटरमा हिंड्न नमान्ने १ सय २८ जनालार्इ महानगरीय ट्राफिक महाशाखाले कारबाही गरेको छ । ट्राफिक महाशाखाको चेकजाँचको क्रममा जम्मा ३ सय ८६ जना चालकहरु कारबाहीमा परेका छन् ।

 विजयादशमीको बिदाको समयमा काठमाडौँ उपत्यकामा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ । दशैँका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।

Comments

Top