चुनावको मुखमा कान्धार प्रहरी प्रमुखको गोली हानी हत्या

kandarchief

 बीबीसी । अफगानिस्तानको कान्धार प्रहरी प्रमुख जनरल अब्दुल रजिकलाई आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका छन् । हत्याको जिम्मा भने तालिवानले लिएको छ । कान्धार प्रान्त परिषदका प्रमुख जान खाकरेजवालका अनुसार अब्दुल रजिक एक उच्चस्तरीय वैठकबाट फर्किरहेको बेला गर्भनर परिसरभित्रै पछाडिबाट हमला भएको हो । तालिवानले जनरल अब्दुल रजिकलाई एक ‘वर्वर प्रहरी अधिकारी’को संज्ञा पनि दिएको छ ।
तालिवानका अनुसार यो घटनामा अमेरिकी कमान्डर जनरल स्कट मिलरलाई पनि निशाना बनाइएको भएपनि उनी बाँच्न सफल भएका थिए । आक्रमणमा एक स्थानीय खुफिया प्रमुख पनि मारिएका छन् । अफगानिस्तानमा शनिवार चुनावका लागि मतदान हुँदैछ । तालिवानले यो चुनावमा सहभागि नहुन पनि मतदातालाई चेतावनी दिएको छ ।

Comments

Top