प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीबाट टिका लगाए

mohanoli

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमी २०७५ को अबसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट टिका लगाएका छन्  । आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा प्रधानमन्त्री ओलीले पिताको हातबाट टीका, जमरा र तिलक ग्रहण गरेका हुन् ।

 प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन् ।

Comments

Top