८ महिने शिशु सोनालिका हत्यारा डेढ महिनापछि पक्राउ

sonalia

 जनकपुरधाम। ८ महिने शिशु सोनालिका चौधरी हत्याका फरार अभियुक्त डेढ महिनापछि पक्राउ परेका छन् । सोनाली हत्याका अभियुक्त महोत्तरी भंगहा नगरपालिका–६ जमुनिया बस्ने २५ वर्षीय भरत साहलाई शनिबार सुनसरीको भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको हो।

 साहले आमासँगै रहेकी सोनालाई खेलाउने बहानामा लगेर हत्या गरी फरार भएका थिए । महोत्तरी प्रहरीले साहलाई पक्राउ गर्न खोजतलास तिव्र पारेको थियो ।

 साह भारत भागेको हुनसक्ने आशंकामा महोत्तरी प्रहरीले भारतीय प्रहरीसँग समेत सहकार्य गर्दै आइरहेको थियो। साह सुनसरीबाट पक्राउ परेको महोत्तरीका एसपी ईश्वर कार्कीले जानकारी दिए । 

 औरही नगरपालिका–१ का सन्तोष चौधरीकी ८ महिने छोरी सोनालिकाको १० भाद्रमा पसलबाटै अपहरण भएको थियो । औरहीमा किराना पसल सञ्चालन गर्दै आएका चौधरीका छोरी सोनालिकाको शव अपहरण भएको भोलीपल्ट गाउँको एक खेतमा फेला परेको थियो।
सोनालिका पसलमा आमासँगै रहेको बेला साहले खेलाउने बहानामा काखमा उठाएर लगेका थिए ।

Comments

Top