एनआरएनएका मध्यपूर्व संयोजक आरके शर्मा कतारमा पक्राउ

rksharmaa

 काठमाडौं ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) का  मध्यपूर्व  संयोजक राजेन्द्र कुमार (आरके)शर्मा  कतारमा पक्राउ परेका छन् ।

   सुन कारोबारको अनुसन्धानका लागि शर्मालाई चार दिन अघि कतारको प्रहरीले उनकै निवासबाट पक्राउ गरेको एनआरएनए स्रोतले जानकारी दिएको छ। सादा पोशाकका प्रहरीले  शर्मालाई उनको निवास मुर्रा अल्फर्डन गार्डनबाट पक्राउ गरेको एनआरएनए स्रोतले जनाएको छ ।

 पक्राउ परेका शर्मालाई कसैसँग पनि भेट्न नदिएपछि एनआरनएले उनको रिहाइका लागि  पहल थालेको वताइएको छ । 

Comments

Top