११% एन आई सी एशिया ऋणपत्र २०८५/८६ जारी

nic asia logo tagline r_w

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एक हजार अंकित दरका ४० लाख कित्ताले हुन आउने ४ अर्व बराबरको ‘११% एनआई सी एशिया ऋणपत्र २०८५/८६’ निष्कासनको निमित्त नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।

यस अगाडि बैंकले जारी गरेको १ अर्ब ८३ करोड रुपैयाँको ११% एनआई सी एशिया ऋणपत्र २०८२/८३ सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको बैंकले जनाएको छ । प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्र्ताको लागि उत्कृष्ट प्रतिफलसहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बंैकले लिएकोे छ ।

ऋण पत्रनिष्कासन सम्बन्धी सम्झौता पत्रमा एनआईसीएशिया बैंक लिमिटेडका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक छपिराज पन्तले हस्ताक्षर गरेका छन् ।

४ अर्व बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (३ अर्ब २० करोड) व्यक्तिगत र २० प्रतिशत (८० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात निष्कासन तथा बिक्री खुलागरिने छ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्ध वार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे बैंकले जनाएको छ ।

Comments

Top