किन यसरी रोए विमलेन्द्र ?

bimalendra

   काठमाडौं । नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधि आज भावविहोल बने । उनी रुनुको कारण भने कांग्रेस नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोला हुन् । बास्तोलालाई सम्झेर निधि भक्कानिए।

बास्तोलाको निधनको १३ औं दिनमा कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित शोकसभामा पार्टी उपसभापति निधिले बास्तोलाको भूमिकाको चर्चा गर्दै रोएका हुन् । उनले भने–‘किसुनजी र गिरिजा बाबु मात्रै होइन, सुशील कोइराला र शेरबहादुर देउवालाई मिलाएर लैजाने भूमिका उहाँले खेल्नुभयो ।’

सम्बोधनका क्रममा बास्तोलालाई सम्झेर विक्षिप्त बनेका निधिले उनलाई निष्ठा र अदभूत क्षमता भएका नेताको रुपमा सम्झिनु पर्ने बताए ।

Comments

Top