ट्रम्प र पुटिनलाई भेटाउन शिखर बैठकको तयारी

trump putin

   काठमाडौं । अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनसँग भेट गर्ने इच्छा व्यक्त गरेका छन् । ट्रम्प र पुटिनलाई भेट गराउनकै लागि अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार अमेरिकाको वासिङटनमा शिखर बैठक गर्ने गरी तयारी भएको हो । रुसको राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले सम्भावित शिखर बैठकका लागि रुसका तर्फबाट भने तयारी भइरहेको जानकारी गराए ।

यसअघि अमेरिकी सुरक्षा सल्लाहकार बोल्टन गत आइतबार मस्को आएका थिए । उनले रुस भ्रमणका क्रममा राष्ट्रपति पुटिन र अरू रुसी उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए । भ्रमण र भेटवार्तापछिको एउटा पत्रकार सम्मेलनमा सुरक्षा सल्लाहकार बोल्टनले पुटिनलाई भेट्ने ट्रम्पको चाहना रहेको बताएका थिए ।

Comments

Top