बाँस्तोलाले देखाएको बाटो छाड्दैनौ : सभापति देउवा

deuba

   काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्वर्गीय नेता चक्रप्रसाद बाँस्तोलालाई राष्ट्रप्रति समर्पित नेताको रूपमा चित्रण गरेका छन्। तत्कालीन सशस्त्र विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय नेता बाँस्तोलाले भारतमा बसेर पुर्‍याएको योगदानको प्रशंसा गर्दै सभापति देउवाले नेपालको राजनीति, समाजसेवा र कूटनीतिक क्षेत्रमा बाँस्तोलाले देखाएको बाटोबाटै पार्टीलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।

बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता बाँस्तोलाको निधन भएको १३ औं दिनमा शोक सभा कार्यक्रम आयोजना गरिएको थियो । मस्तिष्क घातका कारण थलिएका नेता बाँस्तोलाको गत असोज २७ गते शनिबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा निधन भएको थियो। बाँस्तोलाले परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदूतको भूमिका पनि कुशलताका साथ निर्वाह गरेका थिए ।

Comments

Top