चीनको साढे दुई अर्ब सैन्य सहयोग

china

  काठमाडौं । चीनले नेपाललाई दुई अर्ब ५३ करोड (१५ करोड युआन) बराबरको सैन्य सहयोग गर्ने भएको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल र चीनका रक्षा मन्त्री वेइ फेङ्घेबीच शनिबार हस्ताक्षर भएको हो ।

सम्झौतामा चीनको रक्षा मन्त्रालयले नेपालको रक्षा मन्त्रालयमार्फत मानवीय विपत् तथा राहतको क्रममा प्रयोग हुने उपकरणहरू प्रदान गर्ने उल्लेख छ । सम्झौता अनुसार उपकरण नेपालसम्म चीनले आफ्नै खर्चमा ल्याइदिने भएको छ ।

Comments

Top