युएईमा नेपाली युवतीहरुको झगडा हुँदा छुरा हानेर एकको हत्या, ३ जना घाइते

chhuri

   काठमाडौं । युएईमा नेपाली युवतीहरुबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नुवाकोटकी सोनी तामाङले एकै कम्पनीमा कार्यरत चारजना साथीमाथि छुरा प्रहार गरेकी थिइन् । छुरा प्रहारबाट काठमाडौंकी सिर्जना बरालको मृत्यु भएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

गम्भीर घाइते ममता चौधरीको आईसियुमा उपचार भइरहेको छ भने घाइते सलिना मगर र आशा दर्जी उपचारपछि कार्यस्थल फर्किसकेका छन् । घाइते तीनजनाको ठेगाना भने खुलेकोे छैन । बिहीबार राति तामाङले मादक पदार्थ सेवन गरी झगडा सुरु गरेको र झगडाले उग्ररुप लिएपछि छुरा प्रहार गरेको नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

हत्यामा संल्गन तामाङलाई उनले प्रयोग गरेको छुरासहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान चलिरहेको र युएईको कानून अनुसार सजाय हुने दूतावासले जनाएको छ ।

 

Comments

Top