सांसद बस्नेतको पहलमा भक्तपुरमा खानेपानीको व्यवस्थापन हुँदै

mahes basnet

    भक्तपुर । राजधानीमा दिन प्रतिदिन पानीको हाहाकार बढिरहेका बेला भक्तपुरले भने आफ्नै पहलमा खानेपानीको व्यवस्थापन गर्ने तयारी गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा खानेपानी विभागसँग्को सहकार्यमा खानेपानीको व्यवस्थापन हुन लागेको हो ।

जिल्लाभर नै खानेपानीको व्यवस्था गर्न विभिन्न योजनाहरुको डिपिआर गर्ने प्रकृया समेत शुरु गरिसकिएको छ । विभागले पहिलो चरणमा चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका खानेपानी नपुगेका स्थानमा डिपिआर गर्न ४० देखि ५० लाख रकम तत्तकालै उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

प्रतिनिधिसभा सदस्य बस्नेतलगायत भक्तपुरका जनप्रतिनिधिहरु र खानेपानी विभागबीच भएको छलफलमा मेलम्ची, आशापुरी तथा स्थानीय खानेपानी स्रोतको माध्यमबाट खानेपानी व्यवस्थापन गर्ने सहमति भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. १० सूर्यमोड र महादेव खोला मुहान पोखरीमा ड्याम्प बनाउन सकेको खण्डमा भक्तपुर जिल्लाको लागि मात्र नभई काठमाडौं उपत्यकावासीलाई नै खानेपानी समस्या समाधान गर्ने सकिने भन्दै उक्त आयोजनाको कार्यान्वयका बारेमा पनि छलफल भएको थियो ।

विभागका महानिर्देशक तेजराज भट्टले विभागले खानेपानी व्यवस्थानको लागि आवश्यक कदम चाल्न कुनै कन्जुस्याई नगर्ने बताउँदै अब भक्तपुरबासी खानेपानीबाट बञ्चित हुनु नपर्ने दावी गरे । छलफल कार्यक्रममा प्रतिनिधिसमा सदस्य एवम् पूर्व उद्योगमन्त्री सांसद बस्नेतले उक्त दुई ड्याम्प निर्माणको बरेमा सम्बन्धित मन्त्रालयसँग आवश्यक छलफल गरी समस्या समाधानको बाटो खोजीने बताए । बस्नेतले मेलम्चीको खानेपानी जनताको घर दैलोमा पुर्याउन द्रुतगतिमा कार्य गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

Comments

Top