कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप, एकको मृत्यु, सात घाइते

pestoln

  काठमाडौं । सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका–४ मा आज बिहान नेकपा र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

नेकपाका कार्यकर्ताहरुले गोली चलाउँदा रामनगर गाउँपालिका–४ का वडा अध्यक्ष राम नरेश महतोको काका ५५ वर्षिय राम बिलास महतोको मुख र पेटमा गोली लागि घटनास्थलमै ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारयण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतोलाई गोलीको छर्रा लागि घाइते भएका छन् ।

Comments

Top