राप्रपाभित्र थापालाई एक्ल्याउने षड्यन्त्र

kamal thapa

   काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केही शिर्ष नेताहरु मिलेर गोप्य भेला गर्दै आएपछि अध्यक्ष कमल थापा समस्यामा परेका छन् । कमल थापा नेतृत्वको राप्रपामा आवद्ध अधिकांश नेताहरु असन्तुष्ट समूहको भेलामा सहभागी भएपछि थापा संकटमा परेको स्रोतको दावी छ ।

पशुपतिशम्शेर राणाले राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक बनाउँदा उनीहरुले कमल थापालाई साथ दिएका थिए । तर, छाटो समयमा नै उनीहरुको थापाप्रति मोह भंग राप्रपाकै एक नेता स्वीकार गर्छन् । पछिल्लो पटक थापाले सबै पदाधिकारी भंग गरेर अध्यक्ष मात्र राखेपछि उनीहरु रुष्ट बनेका छन् । अहिले थापासँग उपाध्यक्ष राजीव पराजुली र महामन्त्री राजेन्द्र लिङ्गदेन मात्र देखिएका छन् ।

स्रोतका अनुसार अझैपनि थापा नसच्चिए असन्तुष्ट नेताहरुले कि त पशुपतिशम्शेरसँग एकता गर्ने वा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा अर्को पार्टी बनाउने विकल्पबारे समेत छलफल चलाईसकेका छन् ।

आफू संकटमा पर्ने चाल पाएका थापाले पशुपतिशम्शेरसँग एकता वार्ता थालेर काउन्टर दिन खोजेका थिए । तर, त्यसले थापालाई कुनै सफलता हात लागेको छैन ।

लगातार आन्तरिक भेला–बैठक गर्दै आएको यो समूहले अब तीन वटै राप्रपाका असन्तुष्ट नेताहरुको भेला बोलाउने तयारी गरेको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीको एकिकृत राप्रपा राष्ट्रवादीका असन्तुष्ट नेताहरूतिहारअघि नै राजधानीमा बृहत भेला गर्ने तयारीमा रहेको स्रोतको दावी छ ।

राप्रपा अध्यक्ष कमल थापासँग असन्तुष्ट नेताहरूले आइतबार राजधानीस्थित होटल एलो प्यागोडामा गोप्य भेला गरेका थिए।वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा भएको भेलाले तीन वटै राप्रपाका असन्तुष्ट पक्षलाई समेटेर संयुक्त भेला गर्ने निर्णय गरेको छ ।

Comments

Top