नेपाल प्रहरीभित्र सुद्दिकरणको थालनी, गलत गर्नेलाई सेवाबाटै हटाइन्छ : प्रवक्ता सुवेदी

ssp uttam raj subedi

   काठमाडौं । नेपाल प्रहरीले सङ्गठनको आन्तरिक सुद्धिकरण प्रयासको थालनी गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधवार आयोजना पत्रकार सम्मेलनको आयोजना गरी सङ्गठन भित्र सुधारको योजना थालिएको जानकारी गराएको हो । नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी उत्मराज सुवेदीले सङ्गठनभित्र रहेका एक व्यक्तिको गल्तीले पूरै सङ्गठनको बदनाम हुने वातावरण सृजना भएको भन्दै त्यसलाई जरैदेखि उखेल्नका लागि अभियान शुरु गरिएको दाबी गरे।

संगठननै बदमास नभएर व्यक्ति मात्र बदमास भएको हुँदा एक अमुक व्यक्तिको गल्तीले सङ्गठन नै बदनाम हुने अवस्था आएको स्वीकार्दै उनले व्यक्तिको गल्तीलाई सङ्गठनले गरेको गल्तीको रूपमा नहेर्न आग्रह पनि गरे ।

सङ्गठन भित्र रहेर कुनै व्यक्तिले गलत गरे त्यस्ता व्यक्तिलाई कारबाही गरिने एसएसपी सुवेदीले बताए। गैरव्यवसायिक काम गर्ने प्रहरी कर्मचारीलाई गधाको संज्ञा दिँदै उनले त्यस्ता व्यक्तिलाई हटाइने बताए। एसएसपी सुवेदीले भने–‘सङ्गठनभित्र छिरेका सबै गधा गाई नहुन सक्छन्, गधाको रूपमा छिरेका व्यक्तिलाई सङ्गठनले लुकाउने छिपाउने गरेको छैन। गधाको पहिचान गरी हटाइएको छ। कारबाही भएका छन्।’

समाजमा हुने अपराध नियन्त्रण गर्ने प्रहरीले समुदाय प्रहरी साझेदारी अभियान सुरु गरिसकेको जानकारी गराउँदै प्रवक्ता सुवेदीले भने–‘राम्रो कामको लागि प्रहरीलाई पनि सबैको साथ चाहिन्छ त्यसैले नेपाल प्रहरी नेपाली जनतासँग सहयोगका लागि आग्रह गर्दछ ।’

Comments

Top