किनेको चार महिनामै अन्नपूर्ण कतारमा ग्राउन्डेड, २४७ यात्रु अलपत्र

annapurna

   काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी ‘अन्नपूर्ण’ ए ३३०–२०० विमानमा समस्या आएपछि कतारको दोहामा ग्राउन्डेड हुँदा विमानमा सवार २४७ यात्रु अलपत्र परेका छन् ।

कतारको समय अनुसार बिहान २ बजेर ५० मिनेटमा उडेर काठमाडौँमा बिहान १० बजे अवतरण गर्नुपर्ने सेड्युल रहेको विमान अझैसम्म पनि कतारबाट उड्न सकेको छैन ।

निगमले जहाजमा के समस्या आएको हो भन्ने बारेमा अझै खुलाएको छैन । निगम स्रोतका अनुसार कतारकै हवाई इन्जिनियरले विमानको जाँच गरिरहेको हुँदा मर्मत गरेर नेपाल ल्याउने तयारी भइरहेको छ।

फ्रान्सको तुलुजबाट गएको असार १४ गते 9N-ALY कल साइन भएको यो विमान काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो। किनेको चार महिनामै विमानमा खरावी आएको हो ।

Comments

Top