पोखरामाथि एक्सपर्ट धनगढीको रोमाञ्चक जित

ppl 2075

   पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्स्पर्ट धनगढी ब्लुजले तेस्रो जित हात पारेको छ । पोखरा रंगशालामा भएको खेलमा पोखरा पल्टनले दिएको १४५ रनको लक्ष्य एक बल बाँकी रहँदा धनगढीले लक्ष्य पूरा गरेको हो । धनगढीले २ विकेटले जित हात पारेको छ ।

दबाबमा रहेको धनगढीले आठौं विकेट गुमाइसक्दा क्रिजमा थिए दीपेन्द्रसिंह ऐरी र रोविन क्षेत्री । जितका लागि धनगढीलाई १८ बलमा ३४ रन चाहिएको थियो । १८ औं ओभरमा कप्तानले एक छक्का र एक रन बनाए भने १९ औं ओभरमा २ छक्का प्रहार गरेपछि धनगढीलाई जितका लागि अन्तिम ओभरमा १४ रनको आवश्यकता थियो ।
जितका लागि कप्तान ऐरीले २६ बल खेलेर ४ चौका र ६ छक्कासहित ४९ रन बनाए ।

अन्तिम ओभर बलिङमा आएका मेहबुब आलमले पहिलोमा एक वाइड रन दिए भने त्यसपछि पहिलो बलमा दीपेन्द्रले छक्का प्रहार गरे । दोस्रो बलमा २ रन लिएर तेस्रो बल डट रहेपनि चौथो र पाँचौं बलमा लगातार २ चौका प्रहार गर्दै धनगढीले रोमाञ्चक जित निकाल्यो । जितसँगै धनगढीले अंक तालिकाको शीर्ष स्थाामा उक्लिएको छ । धनगढीले ६ अंक जोड्दा पोखरा पल्टनको ४ अंक रहेको छ ।

Comments

Top