लेटाङमा एनआईसी एशियाको नयाँ शाखा

nic asia morong

   काठमाडौं । मोरङको लेटाङ नगरपालिका–४ मा एनआईसी एशिया बैंकले नयाँ शाखा सञ्चालन गरेको छ । आज राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले शाखाको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै ढुंगानाले दुर्गम तथा ग्रामीण भेगमा समेत उपस्थिती सबल बनाउँदै गएको एनआईसी बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै प्रशंसा समेत गरेका छन् ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा एनआईसी एशिया मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६८ अर्ब तथाकर्जा रू. १४१ अर्ब पुगेको छ ।

हालसम्म बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Comments

Top