सिभिल बैंकको गैरकानुनी काम : इच्छाराजको महलमा बैंकको कर्पोरट कार्यालय

civilicha

 काठमाडौं । बेलाबखत बिबादमा अाइरहने सिभिल होमले राष्ट्रबैंकको नीति बिपरित काम गर्दै आएको खुलेको छ । सिटिसी मलमा सिभिल बैंकको कर्पोरेट कार्यालय संचालनको लागि साजसज्जाको काम भइरहेपछि यसको रहस्य खुलेको हो । सिभिल बैंकले आफ्नै समूह तथा एउटै मालिकले निर्माण गरेको मलमा कर्पोरेट कार्यालय राख्न तयारी गरेको हो अर्थात सिभिल बैंक र सिभिल मलका संचालक एउटै व्यक्ति हुन् ।

घरजग्गा व्यवसायी तथा सांसद् इच्छाराज तामाङको होम र बैंक दुबै संस्थामा उत्तिकै हैसियतमा शेयर रहेका छ । उनले सिभिल मलका युनिटहरू बजार मूल्यमा नबिकेपछि आफूले भाडामा लिएर संचालन गरिएको भवनलाई छाडेर सिभिल मलमा बैंकको कर्पोरेट कार्यालय सार्ने तयारी गरेका हुन् ।

सिभिल बैंकबाट सिभिल मलमा बैंकको कर्पोरेट कार्यालय राख्न प्रस्ताव आएको हो’, राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले भने ‘सर्त पुरा गरेर आएमा बैंकलाई कुनै आपत्ति छैन ।’ तर, यथास्थितिमा भने मलमा बैंक संचालन गर्न कानुनी रुपले नमिल्ने पौडेलले बताए ।

सिभिल होमको स्वामित्वबाट सिभिल बैंकले प्रयोग गर्न लागेको युनिट अन्य कम्पनी वा व्यक्तिको नाममा हस्तान्तरण भए बैंक संचालन गर्न पाइन्छ । सिभिल होमले मलको युनिट युनिट बेच्छ र बेचिरहेको छ । यो व्यवसाय हो । कुनै कम्पनीले भवन निर्माण गरेर बिक्रि गर्न नपाउने हुँदैन ‘बैंकले उपयोग गर्न लागेको युनिट सिभिल होमको स्वामित्वबाट अरुको स्वामित्वमा गएपछिमात्रै बैंक त्यहाँ बस्ने बताउँदै आएको छ ।

राष्ट्र बैंकले सिभिल होमबाट स्वामित्व हस्तान्तरण भएको र महानगरपालिकाबाट निर्माण सम्पन्न भएको प्रमाणपत्र पेश गर्न भनेको छ । बैंकले सो डकुमेन्ट पेश गर्न सकिरहेको छैन । समय थपिरहेकोे छ ।

हालकै अवस्थामा भने सिभिल मलमा बैंक संचालनका लागि स्वीकृत दिन नमिल्ने पौडेलले बताए । बैंक तथा वित्तीय संस्था संचालन सम्बन्धि कानुन(बाफिया)मा संचालकले बैंक तथा वित्तीय संस्थाको कामको सिलसिलामा व्यक्तिगत लाभ पुग्ने कुनै पनि काम गर्न/गराउन नपाउने व्यवस्था गरेको छ । कम्पनी ऐनमा समेत एक प्रतिशतभन्दा बढी शेयर रहेका शेयरधनीको आफ्नो व्यक्तिगत सम्पत्ति बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्न नपाउने ब्यबस्था गरेको छ ।
सिभिल बैंकका अध्यक्ष र सिभिल होमका संचालक एउटै व्यक्ति रहेको संस्थामा बैंकको कर्पोरेट कार्यालय स्थापना गरेर व्यक्तिगत फाइदा लिन खोजिएको छ । यो कानुन विपरीत हो । यता, सिभिल ग्रुपले निर्माण गरेको सिटिसी महलले महानगरपालिकाबाट निर्माण सम्पन्नको प्रमाणपत्र समेत नलिएको महानगर स्रोतले बताएको छ ।

Comments

Top