भीएफएस ग्लोवलको लापरवाहीले मन्त्री अधिकारीको बेलायत भ्रमण रद्ध

rabindra-adhikaari

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायत भ्रमण रद्ध भएको छ । मन्त्री अधिकारीलाई उपलब्ध गराइएको भिषा च्यातिएको पाइएपछि शनिबार हुने भनिएको भ्रमण नै रद्ध भएको हो ।  नोभेम्वर ५ देखि ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागी हुन जान लाग्नु भएका मन्त्री अधिकारीको भिसामा भीएफएस ग्लोवल नेपालले च्यातिएको भिषामा क्रस गरिएको राहादानी दिएपछि मन्त्री अधिकारीको भ्रमण रद्द भएको हो।

भिषा लागेको राहदानी लापरवाहीका कारण च्यातिएको मन्त्रीको सचिवालय सदस्य धुव्र पोखरेलले जानकारी दिए । एक पटक टासिएको भिसा पुन निकाली दोहो-याएर टास्न खोज्दा च्यातिएको बुझिएको छ ।

भिषा च्यातिएको र भिषा रातो रङको मसीले क्रस गरिएको छ । राहादानीको पृष्ठ नम्वर १४मा सन् २०१९को मे १ सम्मकालागि मल्टिपल भिषामा ‘सी भिजिट’ लेखिएको छ । भिसा प्रकृयामा वेलायती दूतावासको या भीएफएस ग्लोवल नेपालको लापर्वाहीका कारण भिसा रद्द भएको हो भन्ने विषयमा अहिले नै कही भन्न नसकिने बताइएको छ ।

मन्त्रीको बेलायत भ्रमणका लागि ललितपुको भिएफएस ग्लोबल नेपाललमा भिषाका लागि मन्त्री अधिकारीले आवदेन दिएका थिए । राहदानी संकलन गर्न भिएफएस कार्यालय पुगेका मन्त्रालयका कर्मचारीलाई च्यातिएको र रातोमसीले क्रस गरेको भिसा भएको राहदानी दिए पछि मन्त्रीको बेलायत भ्रमण प्रभावित भएको सचिवालयले जनाएको छ।
भिएफएस ग्लोवल नेपालले नियतवस वा टास्ने प्रकृयामा च्यातिएको हो भन्ने वारे अहिलेसम्म केही खुलेको छैन ।

राहादानीको भिषामा त्रुटी भेटिएपछि यथार्थ बुझ्न मन्त्रालयका कर्मचारीले ललितपुर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले पाटन स्थित भिसा वितरक संस्था भीएफएस ग्लोवलको कार्यालयमा पुगेर गल्ति गरेको मुचुल्का नै वनाएको सचिवालयले जनाएको छ।
स्रोतका अनुसार भिएफएस ग्लोवलले केही समय अगाडि अख्तियार अनुसन्धान आयोका आयुक्तको पनि भिसा च्यातेर राहदानी थमाएका थिए ।

Comments

Top