‘पाठशाला स्पोर्ट्स मिट २०७५’ सम्पन्न, सबैले गरे खुलेर प्रशंसा

sports

 काठमाडौं । पाठशाला नेपाल फाउन्डेसनले आयोजना गरेको ‘पाठशाला स्पोर्ट्स मिट २०७५’ सम्पन्न भएको छ । हरेक दुर्इ वर्षमा आयोजना हुने स्पोर्ट्स मिट करिब २ दर्जन खेल खेलाउँदै सम्पन्न भएको हो ।

 राजदल गणमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले पाठशाला नेपाल अब्बल शिक्षा प्रदान गर्न सफल विद्यालयका रुपमा परिचित भएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेको क्षमताको खुलेर प्रशंसा गरे । 

 कार्यक्रमका अतिथि सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले पनि पाठशाला नेपालले प्रदान गर्दै आएको व्यवहारिक शिक्षा र यसले समाज परिवर्तनका लागि गरेको प्रयासको प्रशंसा गरेका थिए । कार्यक्रममा विद्यालयका सिइओ इश्वर अधिकारीले विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मेडल प्रदान गरे । त्यस्तै, आर्थिक क्रियाकलाप सँयोजक इशान सिंह बानियाले खेल र बिबिध बिषयका बारेमा जानकारी गराएका थिए ।  

Comments

Top