सरकारलाई घुंडा टेकाउन सर्लाहीमा कांग्रेसको आन्दोलन

Congress-Sarlahi

 मलंगवा। सर्लाहीमा रामविलास महतोको हत्यारालाई पक्राउ नगरेको भन्दै कांग्रेस जिल्ला कार्यसमिति सर्लाही आन्दोलित भएको छ । रामनगर गाउँपालिका ४ मा मंगलबार नेकपा र काग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली लागेर महतोको मृत्यु भएको थियो।

 आन्दोलनको पहिलो दिन जिल्लाका २० ओटै स्थानीय तहमा मसाल जुलुस प्रर्दशन भएको छ । मलङ्गवास्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्य समितिको बैठकले गोलीकाण्डको घटनामा पार्टीले राखेका चार मागमध्ये कुनैपनि माग सम्बोधन नभएपछि आफूलाई बाध्य भएर आन्दोलनमा उत्रिनु परेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले मृतक महतोलाई सहीद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्नुपर्ने, गोलीको छर्रा लागेर घाइते भएकाको सरकारले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने र घटनामा संलग्नलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्नुपर्ने माग राखेको छन् ।

 माग पूरा नभएपछि ५ दिनदेखि महतोको शव पोस्टमार्टम गरी अझैपनि जिल्ला अस्पताल मलंगवामै रािखएको छ ।नेकपा सर्लाहीले भने घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दाबी गरिरहेको छ। नेकपाले बिहीबार नै एक प्रेस  विज्ञप्ति प्रकाशित गरी कांग्रेसले आरोप लगाएजस्तो घटना हुनुमा आफ्ना नेता कार्यकर्ताको संलग्नता नरहेको दाबीगर्दै घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेको थियो । । झडपमा गोली चल्दा रामविलास महतोको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

Comments

Top