‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुने

Jitu Nepal
जिरेखुर्सानीका ‘मुन्द्रे’ जितु नेपाल ‘मुन्द्रेको कमेडी क्लब’ नामक रियालिटी शो मार्फत नेपाल टेलिभिजनमा आउने भएका छन् । ट्वाक्क टुक्क नामक हाँस्य टेलिशृङ्खलाबाट चलचित्र जिवनको सुरुवात गरेका जितु नेपाल आफ्नो नामले रियालिटी शो गर्दैछन् । ‘मुन्द्रेको कमेडी क्लब’ नामक उनको कमेडि कार्यक्रम सोमबारदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुने लागेको हो ।
कि इन्टरटेन्मेन्टले निर्माण गरेको यो सिरियल हरेक सोमबार बेलुकी ८ः५० मा नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । यो रियालिटी शोलाई नेपाली मौलिकपना झल्काउने शैलीमा बनाएको जितुले बताएका छन् ।
यो शोका लागि अहिलेसम्म दिपकराज गिरी, करिश्मा मानन्धर, केदार घिमिरे, केकी अधिकारी अतिथी बनिसकेका छन् ।
यो शोको अध्यक्षमा दीपाश्री निरौला रहनेछिन् । उनले भनिन्(‘हो, यो कार्यक्रम द कपिल शर्मा शोबाट प्रभावित छ । तर, यसको बिषयवस्तु र प्रस्तुति नेपालीपन झल्कने गरि तयार पारिएको छ । ‘राजाराम पौडेल, राजेन्द्र नेपाल, उमेश राई पनि यो शोको प्रमुख हिस्सा हुनेछन् । दर्शकको माग, शोको व्यापार आदिलाई हेरेर कति भाग लैजाने भन्ने बिषयमा निर्णय गर्ने जितुले बताए ।

Comments

Top