ललितपुर प्रहरीमा डिआईजी क्षेत्रीको निरीक्षण,आचरण र व्यवहारमा सुधार गर्न निर्देशन

lalitpurpol

 ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले  महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण  गरेका छन् । सो क्रममा डिआईजी क्षेत्रीले परिसरको काम कारवाही, कार्यालय व्यवस्थापन, कर्मचारी व्यवस्थापन तथा कार्यालयको भौतिक श्रोत साधन समेतको निरीक्षण तथा अवलोकन गरी आवश्यक निर्देशन दिएका छन्  ।

 डिआईजी क्षेत्रीले  प्रहरी कर्मचारीहरुलाई भ्रष्टाचारमा शून्य सहनशीलता,आचरण र व्यवहारमा सुधार र आफ्नो जिम्मेवारी तथा उत्तरदायित्वलाई राम्ररी मनन गरी सदैव पालना गर्न निर्देशन दिए  ।  डिआईजी क्षेत्रीको निर्देशन अघि उनलाई ललितपुर प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले स्वागत गरेका थिए ।

 डिआइजी क्षेत्रीले दिएका निर्देशन अक्षरस पालना गर्न एसएसपी धानुकले सबैसँग आग्रह गर्दै  जनमैत्री प्रहरीको अवधारणा अनुरुप आफ्ना काम कारवाही र भावी योजना अघि बढाउन महानगरीय प्रहरी परिसर ललितपुर हरहमेशा कटिबद्द रहने उल्लेख गरेका छन् ।

Comments

Top