‘पद्यरत्नको निधनल राष्ट्रलाई अपुरणीय क्षति’

nanda

   काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले पूर्वमन्त्री एवम् मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको बताएका छन् । ‘पद्यरत्नज्यूको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ । नेपालको परिवर्तनकारी आन्दोलन, विशेषगरी पञ्चायतविरुद्धको संघर्ष, २०६२÷६३ को जनआन्दोलन र नेपालको शान्तिप्रक्रियाका लागि उहाँले पुर्‍याउनु भएको योगदान सगरमाथा जस्तो उच्च छ ।’

आइतबार साँझ कपुरधारास्थित निवासमा पुगेर उपराष्ट्रपति पुनले तुलाधारको पार्थिव शरीरमा फूलमाला चढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका हुन् । नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक र भाषिक आन्दोलनमा पद्यरत्नले ठूलो योगदान पुर्‍याएको भन्दै उपराष्ट्रपतिले सम्मान व्यक्त गरे ।

उपराष्ट्रपति पुनले भने–‘साधारण जीवनशैली अपनाउनुभएका एक असाधारण व्यक्तित्व आदरणीय पद्यरत्नज्यूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ नागरिक समाजका अगुवा, नेपालको शान्तिप्रक्रियाको पहलकर्ता पद्यरत्नको निधनले आफू स्तब्ध भएको उपराष्ट्रपतिले जनाए ।

पूर्वमन्त्री तुलाधरको ७८ वर्षको उमेरमा उपचारको क्रममा आइतबार अपराह्न काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो ।

Comments

Top