३६ औं हनुमन्ते नदी सफाई अभियानको समिक्षा बैठक सम्पन्न

Meeting Hanumante
भक्तपुर ।
३६ औं  हनुमन्ते नदी सफाई अभियानको प्रगति समिक्षा बैठक सम्पन्न भएको छ । अभियानका सह-संयोजक मध्यपुर नगरपालिकको उपप्रमुख अञ्जना मधिकर्मीको अध्यक्षतामा समिक्षात्मक बैठक सम्पन्न भएको हो । बैठकले ‘उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न सबै लागौं’ भन्ने मुला नाराका साथ शुरु भएको हनुमन्ते नदिको ३६ औं सफाई अभियान अन्र्तगत ठिमीस्थित बालकोट जोड्ने ट्रस्ट पुलको आसपास गरिएको सफाई कार्यक्रम भव्य र सहभागीता मुलकरुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै सहभागीता जनाउने सबैलाई धन्यबाद ज्ञापन गरेको छ । बैठकलाई सम्बोधन गर्दै अभियानका प्रमुख उत्प्रेरक रुद्र पौडेलले स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको उक्त सफाई अभियानमा करिव ८ टन फोहोर संकलन गरिएको जानकारी गराउँदै यो अभियानलाई अझ प्रभाबकारी बनाउनका लागि बिशेष रणनितिक कार्ययोजना बनाएर अघि बढ्नु पर्ने धारण राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यो अभियानमा लाग्नुहुने सम्पूर्ण अभियन्ताहरुलाई अभियान प्रतिको श्रद्धाका लागि बिशेष धन्यबाद प्रकट गरेका थिए ।
अभियानका प्रमुख अभियान्ता लगायत आमन्त्रित व्यक्तीत्वहरुको उपस्थितीमा सम्पन्न बैठकले आगामि ३७ औ हप्ताको को हनुमन्ते नदि सफाई अभियान सल्लाघारी चौर बाट पुर्व तर्फको पुलमा ३ नं प्रदेश सासंद सरस्वती बाटी ज्यूको प्रमुख आतिथ्यतामा गर्ने निर्णय गरेको छ ।

Meeting Hanumante 3
बैठक पश्च्यात ३७ औ हप्ताको कार्यक्रमक तय भएको स्थलको अभियानका प्रमुख उत्प्रेरक रुद्र पौडेल एंब अभियन्ता पुष्कर गजुरेल लगाएतका टोलिले निरिक्षण गर्दै स्थानीय ब्यबसायीहरुलाई फोहरको उचित ब्यबस्थापन गर्न र आगामी सफाई अभियानमा सहभागिताका लागि अनुरोध गरेका थिए ।

Comments

Top